बाँकेमा थप ८ जना संक्रमितको मृत्‍युसङै मृतक सङ्ख्या २३५ पुग्यो

  • प्रकाशित मिति : May 16, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : कोरोना संक्रमणबाट बाँकेमा थप ८ जना संक्रमितको मृत्‍यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ३/३ जना बाँके र बर्दिया, १/१ जना रोल्पा र कैलालीका संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यो सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३५ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १८३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।