आजबाट पथरी-शनिश्चरे नगरपालिका पुर्णरुपामा बन्द

  • प्रकाशित मिति : May 16, 2021
  • sthaniyasarkar.com

मोरङ : कोभिड-१९ को बढ्दो जोखिमलाइ न्यूनीकरण गर्न पथरी-शनिश्चरे नगरपालिकाले जेठ २ गते राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल व्यवसाय वन्द गर्ने निर्णय भएको छ ।

नगर-प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षतामा वडाध्यक्ष र सरोकारवाला सबै आमन्त्रित रहेको नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले जेठ २ गते बाट अर्काे सूचना नभएसम्मका लागि नगरभित्रका औषधि पसल बाहेकका सम्पूर्ण प्रकारका पसल, व्यवसाय तथा आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्नका लागि नगरभित्र थप कडाइ गरिन भएको छ। नगरभित्र आजसम्म कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको र ६२ जना संक्रमित भइसकेको ले हुनसक्ने थप जोखिमलाइ मध्यनजर गर्दै त्यसखाले निर्णय गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

नगरभित्र हुने बिकाश निर्माणका कार्यहरु भने सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर विहान ६ देखि विहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाउने कुरा उल्लेख गरेको छ ।साथै जिल्ला प्रशासन कार्यालयले पुनःजेठ ११ गते राती १२ बजेसम्मका लागि थप कडाईका साथ निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

तोकिएको नियम पालना नगरे, नगराएमा तथा बस्तुहरुको कालोबजारी गरेमा कानून बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ ।