जारि निषेधाज्ञा थप १५दिन लम्बियो

  • प्रकाशित मिति : May 15, 2021
  • sthaniyasarkar.com

काठमाडौ : तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश जिल्ला प्रभावित बनेको छ । अधिकांश जिल्लामा निषेधाज्ञा थपहुदै गर्दा तनहुँमा पनि १५ दिन निषेधाज्ञा थपिएको छ ।

जारी निषेधाज्ञा १५ जेठसम्मलाई थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । २२ वैशाखदेखि लागू पहिलो चरणको निषेधाज्ञा शनिबार राती १२ बजेबाट सकिँदै छ ।शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले लकडाउन थप गरेको हो ।

२२ वैशाखदेखि जिल्लामा अत्यावश्यकबाहेकका सेवा र क्षेत्र बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, माछामासु, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरणका लागि बिहान ५ देखि ९ बजेसम्म समय तोकिएको छ ।