सङ्क्रमणमुक्त हुनेको अनुपात बढ्दै

  • प्रकाशित मिति : May 15, 2021
  • sthaniyasarkar.com

काठमाडौ : तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश जिल्ला प्रभावित बनेको छ।नया संक्रमणले उच्च-रुप लिइरहदा थप जोखिम बढेको छ।पछिल्ला दिनमा नया संक्रमण सङै संक्रमण मुक्त हुने संख्या पनि बढेसङै थप राहत महशुल भएको छ।

पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये ६६.७९ प्रतिशत संक्रमणमुक्त भएका छन्। शनिबार नेपालमा ८ हजार १ सय ६७जना नयाँ कोरोना संक्रमित थपिएकामा ५ हजार ४ सय ५५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले १८ हजार ५ सय ४८ जनामा परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।सो अवधिमा १ सय ८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।