सुनसरीको निषेधाज्ञामा थप कडाइ ,आवस्यक परे सेना समेत परिचालन गरिने

  • प्रकाशित मिति : May 15, 2021
  • sthaniyasarkar.com

सुनसरी : सुनसरीमा कोरोना संक्रमितको मृत्यदर बढ्दै गएपछि सुनसरीमा शनिबार (आज) देखि निषेधाज्ञा पूर्ण रुपमा कडाईं गरिएको छ। जारी निषेधाज्ञा जेठ १५ गतेसम्म बढाएसङै निषेधाज्ञालाई थप कडाईं गरिएको छ।

जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिबाहेक स्थानीय सरकारले पनि कोरोना संक्रमित र मृत्युको अवस्था अनुसार कतिपय वडा सिलसँगै पुरै कडाई पनि गरेका छन् । शनिबार बिहानैदेखि जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेपछि पुरै कडाईं भएको हो ।

जिल्लास्तरीय समितिले पनि तेस्रोपटक निषेधाज्ञाको समय थप गरेर कडाईं गरेको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए । उनका अनुसार निषेधाज्ञा कडाईं गर्नका लागि आवश्यक परेमा सेना समेत परिचालन गरिनेछ। ‘मान्छेको गतिविधि कम हुनेवितिकै संक्रमित र मृत्युदर घटछ,’ उनले भने, ‘१५ दिन पुरै कडाईं गरेपछि एउटा नतिजा आउँछ अनि त्यही अनुसार अघि बढ्न सहज हुनेछ ।’