अपांग युवतीमाथी बलात्कार

  • प्रकाशित मिति : May 15, 2021
  • sthaniyasarkar.com

जनकपुर : महोत्तरीमा अपांग युवतीमाथी बलात्कार भएको छ।  बलवा नगरपालिका वडा नं. ११ बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले बलात्कार गरेका थिए ।बलात्कार आरोपित ब्याक्ती भने अहिले फरार भएका छ्न।

बलात्कारको घटना सार्वजनिक भएपश्चात् गाउँका केही अगुवाहरुले घटनालाई गाउँमा मिलाउन पीडित परिवारलाई दबाब दिएका छन्। यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी फरार भएका छन्।

महोत्तरीको बलवा नगरपालिका वडा नं. ११ की शारीरिक र मानसिक रुपमै अस्वस्थ रहेकी (पूर्ण अशक्त, हातखुट्ट् बांगो भएको तथा हिँडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी सोही ठाउँ बस्ने (बल्वा नगरपालिका वडा नं. ११) निकाल टोल बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले वैशाख २६ गते बलात्कार गरेका हुन्।

घटनाबारे कुरा बाहिर आएपछि अहिले गाउँमा पीडित परिवारजनलाई गाउँमै घटना मिलाउने दबाब बढेको छ। उनिहरु आफ्नो परिवार असुरक्षित भएको र न्यायको लागि पत्रकार, मानवअधिकारकर्मीहरुसँग गुहार मागिरहेका छन्।