आफ्नै छोराद्वारा बन्चरो हानि बाबुको हत्या

  • प्रकाशित मिति : May 14, 2021
  • sthaniyasarkar.com

काठमाडौ : दैलेखमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । शुक्रबार डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले आफ्नै बुवा वर्ष ४७ को नकुल बुढालाई बन्चरो प्रहार  गरेर हत्या गरेका थिए ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। उक्त घटनाको अनुसन्धानका लागि माथिल्लो डुङगेश्वरको प्रहरी टोलीले विकासलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।