काठमाडौं छोड्न पाउने आज अन्तिम दिन

  • प्रकाशित मिति : May 14, 2021
  • sthaniyasarkar.com

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई आफ्नो गाउँ/घर फिर्न आज रातिसम्म समय उपलब्ध गराएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको बताए । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने उपत्यकाको सीडीओहरुले नियम लगाएका छन।

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको ले बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो । ‘अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्नको लागि यस्तो निर्णय गरिएको हो’ सीडीओ पराजुलीले भने ।