मिथिला बिहारी नगरपालिका-५ का वडाअध्यक्षको निधन

  • प्रकाशित मिति : May 14, 2021
  • sthaniyasarkar.com

काठमाडौं : धनुषाको मिथिला बिहारी नगरपालिका-५ का वडाअध्यक्ष विनोदकुमार मण्डलको निधन भएको छ ।

४५ वर्षीय वडाध्यक्ष मण्डल ६/७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि जनकपुरस्थित चन्द्रकला अस्पतालमा भर्न गरिए पनि उपचारकै क्रममा मध्यरातमा निधन भएको उनको परिवारले जानकारी दिएको हो ।

कोरोनाबाट वडाध्यक्ष मण्डलको निधन भएको आशंका गरिए पनि पुष्टि भएको छैन । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।