सर्लाहीमा शिकारी र प्रहरी बिच दोहोरो भिडन्त

  • प्रकाशित मिति : May 14, 2021
  • sthaniyasarkar.com

सर्लाही : ईश्वरपुर नगरपालिका–४ स्थिति सागरनाथ वनमा शिकारी समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

जंगलमा हतियार बोकेर शिकारीको समूह शिकार गर्न गएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय केशरगञ्ज र प्रहरी चौकी फुलजोरबाट गस्ती गर्दै गएको प्रहरी टोली र शिकारीबीच बिहीबार साँझ दोहोर भिडन्त भएको हो।

घटनास्थलबाट शिकारीको समूहमध्येका ईश्वरपुर–४ का अन्दाजी ४५ वर्षीय रणबहादुर गोले पक्राउ परेका छन्। अन्य दुई-तीनजना शिकारी भने भाग्न सफल भएका र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार प्रहरीलाई देख्ने बित्तिकै शिकारीहरुको समूहले भरुवा बन्दुकबाट फायरिङ गरेका थिए। लगत्तै प्रहरीले पनि आत्मरक्षाका लागि दुई राउण्ड फायरिङ गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए। घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताएका छ्न।

घटनस्थलबाट भरुवा बन्दुकसँगै बारुद, फलामको केही काटी र एउटा मृत नीलगाई बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। निषेधाज्ञा सुुरु भएसँगै बाँके, सागरनाथ, हिरापुर मूर्तिया, जानकीनगर र चुरेक्षेत्रका वन जंगलमा वन्यजन्तुको चोरी शिकारी  बढेको स्थानियवासी बताउँछन्।