बहुमतको सरकारको दावीगर्ने देउवा- प्रचण्डको सहमति, समयसीमा सकिदै

  • प्रकाशित मिति : May 13, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् । स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ ।

वैकल्पिक सरकार गठनको समयसिमा नजिकिदै गइरहेका बेला प्रचण्ड र देउवा बिच भेटघाट भएको हो।तर हाल सम्म नि स्पष्ट बहुमत भने जुटिसकेको छैन । एकातिर नेपाल-खनाल समुहको राजिनामा दिने अल्टिमेटम साढे ४ बजे रहेको छ भने जसपा ठाकुर- महतो समूह तटस्थ रहने जनाएको छ।