अध्यक्ष केपी शर्मा ओलीद्वारा ४ नेताको कारवाही फुकुवा

  • प्रकाशित मिति : May 13, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमालेले  वरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि स्थायी कमिटी बैठकले अनुमोदन गरेको हो ।स्थायी कमिटी सदस्य सुवास नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।