राजीवबिक्रम शाह द्वारा जाजरकोटमा निःशुल्क एम्बुलेन्स सेवा

  • प्रकाशित मिति : May 13, 2021
  • sthaniyasarkar.com

काठमाडौ : समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राजीव शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि शुरु भएको छ ।

भेरी नगरपालिका वडा नं ४ जाजरकोटका वडाध्यक्ष खम्बजंङ्ग शाहको समन्वयमा पुर्ब सभासद राजीब बिक्रम शाहको सक्रियताबाट एम्बुलेन्स सोमबार नै जाजरकोट खलंगामा पुगेको छ ।

जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामिलाई उक्त एम्बुलेन्सबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क आवतजावत गर्ने बताइएको छ । जाजरकोटका विभिन्न स्थानमा विरामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने नेता शाहले बताए ।

कुमारी ट्रष्टका अध्यक्ष रहेका उनले जाजरकोटमा ट्रष्टको माधयमबाट समाज सेवा गर्दै आएका छन ।