उपत्यकामा थप कडाइ गरिदै निषेधाज्ञा

  • प्रकाशित मिति : May 13, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ ।

नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ।मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन।

निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको(बढीमा १० जना) सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।