बैशाख ३०: हेर्नुस् आजको राशिफल

  • प्रकाशित मिति : May 13, 2021
  • sthaniyasarkar.com

मेष : रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

वृष : आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मिथुन : आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

कर्कट : आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

सिंह : आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

कन्या : आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

तुला : लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

वृश्चिक : नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहर्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

धनु : ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मकर : आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ : आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

मीन : महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।