स्थानीय सरकारको भूमिका प्रशंसनीय: नेपाल नगरपालिका संघ

  • प्रकाशित मिति : May 12, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाल नगरपालिका संघले कोरोना महामारीको नियन्त्रणमा खटिएका स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको बताएको छ ।

संघले विज्ञप्ति प्रकाशित गरी महामारीको समयमा भारतसँग सीमा जोडिएका स्थानीय तहले कोरोना नियन्त्रणका लागि गर्दै आएको प्रयासलाई सबैतिरबाट सराहना गरिएको बताएको हो ।कोरोना महामारी नियन्त्रणको प्रयासमा रहेका सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिको संक्रमणबाट मृत्यु भएकामा भने संघले दुःख व्यक्त गरेको छ ।

बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ९ का वडा वडाध्यक्ष विनोदकुमार विक, कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य जमानसिं देउवाको कोरोना संक्रमणका कारण निधन भएको संघले जनाएको छ ।कोरोनाका कारण निधन हुने नेपालभरका स्थानीय तहका जनप्रतिनिधिप्रति र तिनका परिवारप्रति संघले समवेदना व्यक्त गरेको छ ।