सरकार गठनका विषयमा नेतृत्वलिदै सभापति देउवा

  • प्रकाशित मिति : May 12, 2021
  • sthaniyasarkar.com

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य विपक्षी दलका नेताहरूसँग आज नयाँ सरकार गठनका विषयमा छलफल हुदैछ।

दिउँसो आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवाले माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई छलफलका लागि बोलाएका पार्टी सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन।

सभापति देउवाले हिजोका लागि यो बैठक आह्वान गरेपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र छलफल नै नगरी सरकार गठनका सन्दर्भमा सर्वदलीय बैठक बोलाएको भन्दै आपत्ति जनाएपछि स्थगित गरिएको थियो।

पौडेलको विरोधपछि सभापति देउवाले आफ्नै पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेर सल्लाह लिएपछि मात्रै आज सर्वदलीय बैठक आह्वान गरेका सह–महामन्त्री महतले जानकारी दिए।