अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध जेठ १७ सम्म थप

  • प्रकाशित मिति : May 11, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध जेठ १७ सम्म थप गरेको छ ।

प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।

नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह समेत गरेको छ ।