आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस पदाधिकारी बैठकको निर्णय

  • प्रकाशित मिति : May 11, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सभापति शेरबहादु देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रले समर्थन गरिसकेको र जसपाले पनि सहयोग गर्ने भन्दै कांग्रेसको बैठकले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा क्रियाशील रहने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए।

राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने निर्णय कांग्रेसको छ। राष्ट्रपतिले बिहीबारसम्म समय दिएकी छन्।नेकपा एमालेभित्रका केही सांसदहरू र जसपाले साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निश्कर्ष छ।