सत्ता समीकरण रोमाञ्चक मोडमा,जसपाको विवाद चुलियो

  • प्रकाशित मिति : May 11, 2021
  • sthaniyasarkar.com

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि सत्ता समीकरण रोमाञ्चक मोडमा पुगेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेतासँग छलफल अगाडि बढाएको बेला जसपाको पूर्वराजपा समूहले देउवालाई आफूहरूको समर्थन नहुने बताएपछि सत्ता थप रोमाञ्चक बनेकोछ।

जसपाका नेता राजेन्द्र महतोले उपेन्द्र यादव लाई  सत्ताको खेलमा लागेको आरोप लगाएका छन। ‘ओली सरकारले अहिले हाम्रो मुद्दाहरू सम्बोधन गरिरहेको उपेन्द्रजीलाई किन नपचेको हो मैले बुझ्न सकेको छैन। हाम्रो कुरा यो कांग्रेस माओवादी केन्द्रको सत्ताको खेलमा नलागौं भन्ने हो। तर उहाँमा सत्तालिप्सा धेरै नै बढेको छ,’ महतोले सञ्चारमाध्यमलाइ जानकारी दिए।उनले यसअघि पनि यादव ओली सरकारमा गएको र अहिले देउवाको नेतृत्वमा बन्ने सरकारमा जान आतुर रहेको आरोप लगाए।

जसपाका अध्यक्ष उपेन्द यादबले बिपक्षी संग तालमेलगरी संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।नेता महतो भने जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबी राष्ट्रपतिलाई पठाए अध्यक्ष महन्थ ठाकुरले छुट्टै पत्र पठाउने बताउँछन्।

महतोले नेता यादवले पार्टीविरोधी गतिविधि गरिरहेकाले उनी कारबाहीको भागिदार पनि हुने बताएका छन्।यादव-भट्टराई समूहले भने ओली प्रतिगमनका नाइके भएकाले उनलाई कुनै पनि हातलमा साथ दिन नसकिने र देउवाको नेतृत्वमा सरकार बनाउने बताएको छ।