पार्टिको ह्वीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने

  • प्रकाशित मिति : May 11, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी को ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ।पार्टिले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनिवार्य विश्वासको मत हाल्न ‘ह्वीप’ जारी गरेको थियो।नेपाल- खनाल समुहले पार्टी को निर्णय विरुद्ध तटस्थ बसेर अनुपस्थित भएका थिए ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने’ प्रस्ट पारेका छन्।

नेपाल समूहले पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका थिए। सोमबार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको थियो।

सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल समूहमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो।अनुपस्थित समानुपातिक सांसदलाई भने कानुनबमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दावी छ। ८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो।