संविधानको धारा ७६(२) टेक्न विपक्षी तीन दलको राष्ट्रपति समक्ष आग्रह

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी तीन दलले आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका गरेका छन। उनीहरुले राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए । धारा ७२(२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उनले बताए ।