उपेन्द्र यादवको प्रतिप्रश्न :के आधारमा विश्वासको मत माग्दै हुनुहुन्छ?

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौ : जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।‘जुन संसदमाथि तपाईंको विश्वास छैन त्यो संसदसँग तपाईंले के आधारमा विश्वासको मत माग्दै हुनुहुन्छ?’ उनले प्रतिप्रश्न गरे।

संसदको विश्वास नभएर प्रधानमन्त्रीले विघटन गरेको उल्लेख गर्दै उनले त्यही संसदबाट प्रधानमन्त्रीले विश्वासको मत मागेको बताए।उनले प्रधानमन्त्रीले मागेजस्तो विश्वासका पक्षमा मत दिन नसकिने बताए।