श्रीमान द्वारा श्रीमतीको हत्या

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिमा एकजना पुरुषले पत्नीको हत्या गरेर आत्मसमर्पण गरेका छन् । लालबन्दी नगरपालिकाको नवलपुर घर भएका ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय पत्नी उशादेवी कर्णको हत्या गरेका हुन् ।

सामान्य विवाद हुँदा विजयलालले पत्नीलाई सिलौटाले हिकाएर हत्या गरेका हुन् । हत्यापछि उनले गएराती इलाका प्रहरी कार्यालय हरिवनमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  घटनाबारे इलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान गरिरहेको छ ।