देशब्यापि निषेधाज्ञाहुन मात्र १० जिल्ला बाकी

  • प्रकाशित मिति : May 9, 2021
  • sthaniyasarkar.com

काठमाडौं : तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञाहुन पुगेका छन् ।

बैशाख १६ बाट उपत्यकाको ३ जिल्ला सहित सात जिल्लाबाट निषेधाज्ञाको शृङ्खला २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा फैलिएको छ।संक्रमणको जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा गरिएपनी पछिल्लो समय संक्रमणको दर दिनानुदिन बड्दै छ। सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेलछेक्‍र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।

झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ। आजका मितिसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ । खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् ।