कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

  • प्रकाशित मिति : May 9, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको छ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।