घमण्ड कि घुर्की : कि “२ जेठ २०७५ मा फर्क” कित “सांसदहरुले सामूहिक राजीनामा” स्विकार

  • प्रकाशित मिति : May 9, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई कि “२ जेठ २०७५ मा फर्किन” कित “सांसदहरुले सामूहिक राजीनामा” स्विकार्न २४ घण्टे  अल्टिमेटम  दिएका छन ।

शनिवार साँझ  नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म निर्णय पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।

उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’, ती सांसदले सञ्चार माध्यमलाई जानकारी दिए ।