नागरिकको लापरबाहीको कारण कोरोनाको दोश्रो लहर: प्र.म. ओलि

  • प्रकाशित मिति : May 9, 2021
  • sthaniyasarkar.com
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको लापरबाहीको कारण कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको प्रत्यक्ष अन्तर्वार्तामा ओलीले अहिले कोरोना संक्रमण तिव्र भए पनि स्थिति सबै नियन्त्रणमा रहेको भन्दै अन्तराष्ट्रिय संचार सीएनएनलाई जवाफ दिएका छन।

सीएनएनसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो– पोहोर हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ। मृत्युदर शून्यमा झरेको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा थियो। तर नागरिकले महामारी सकिएको ठाने, लापरवाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो।