आफ्नै नेतृत्वमा सरकार बनाउने तयारिमा काङ्ग्रेस

  • प्रकाशित मिति : May 8, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनेगरि तयारी थाल्ने निर्णय गरेको छ।

शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने तर विश्वासको मतको विपक्षमा मत दिने निर्णय बैठकले गरेको खाँडले जानकारी दिए। ‘ओलीलाई विश्वासको मत नदिने र आफ्नो नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ’ खाँडले भने,‘प्रधानमन्त्री ओली राजनीतिक र प्रशासनिक रूपमा पूर्ण असफल भएकाले उहाँलाई कांग्रेसले विश्वासको मत दिँदैन। आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ।’