जुरमुराउदै एमाले

  • प्रकाशित मिति : May 8, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ ।निरन्तर रुपमा नेताहरु बिचमा सम्वादहरु भएपनि अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएकोभने छैन ।

सहमतिको लागि विहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल,  माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईको फरकफरक समयमा भेटबार्त भएको छ।

राष्ट्रपति र प्रधानमन्त्री सङ भेटपुर्वनै बिहीबार नै अर्थमन्त्री विष्णु पौडेलले पनि नेपाल समूहका योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए ।भेटवार्तामा सहभागी नेताहरुका अनुसार भने छलफल बाट भने कुनै सहमति जुट्न सकेकोभने छैन ।

यता पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि झस्किएका अध्यक्ष ओलीले पुर्वएमाले सङ छलफलको श्रृङखला अगाडि बढाएका थिए ।

राष्ट्रपति भण्डारीलाई भेटेर नेता नेपाल राति करिव १० बजेतिर शीतल निवासबाट निस्किएका थिए । एमाले अध्यक्ष ओली र नेताद्धय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेपछि कुनै सहमति भने जुट्न सकेन।