प्रधानमन्त्री ओलिपछि वरिष्ठ नेता नेपाल बूढानिलकण्ठमा

  • प्रकाशित मिति : May 6, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका छन।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ । भेटघाटमा २७ वैशाखमा हुने बिशेश अधिबेशन र रास्ट्रीयसभा निर्वाचनको बिषयमा छलफल हुने छ।