शिक्षकद्वारा बिद्यार्थी बलात्कृत

  • प्रकाशित मिति : May 5, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौंको सुन्धारास्थित एक होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामा हुन। गोरखा जिल्लामा शिक्षक पेशामा आबद्ध रहेका लामाले सोही स्कुलमा पढ्ने १४(उमेर परिवर्तन) वर्षीय किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ ।

मंगलबार बिहान पक्राउ परेका शम्भुमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन।