रास्ट्रपतिले ल्याएको अध्यादेशप्रति कांग्रेसको आक्रोश

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी लगायतका ७ वटा अध्यादेशप्रति आपत्ति जनाएको छ।

बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकमा संसद छलेर अध्यादेशमार्फत् शासन चलाउने कार्य गरेको भन्दै सभापति शेरबहादुर देउवाले आक्रोश पोखेका हुन।

<सरकारको सिफारिसमा राष्ट्रपतिबाट मंगलबार ७ अध्यादेश जारी भएपछि सभापति देउवाले आपत्ति जनाएका हुन्। ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’