माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने । बुधबारदेखि समर्थन फिर्ता हुने उनले बताए ।