रमादान पर्वको अवसर पारेर १४ नेपालीलाई आममाफी

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : कतार सरकारले रमादान पर्वको अवसर पारेर विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई आममाफी दिएको छ ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।