गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौंमा बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो । सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय भएको उपत्यकाका प्रशासन कार्यालयका एक अधिकारीले बताए ।