अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल २ घण्टामात्र खुल्ने

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौँ  : वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए ।

खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो । यस अघि बेलुका पनि पसल खोल्न दिईएको थियो ।