सरकारको जनस्वास्थ्य संकटकाल घोषणाको तयारी

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं  : कोरोना महामारीको दोस्रो लहरमा संक्रमणदर तीव्र भई मृत्यु हुनेको संख्यासमेत बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ।

नेपालमा पछिल्ला दिनमा संक्रमण तीव्र हुनुका साथै अस्पतालमा भर्ना हुने र ज्यान गुमाउने संक्रमित संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्न लागेको हो।