केहीदिन मौसम बदलि हुने

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं : आगामी (४–५) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भुभाग नजिक बिकशित भएको र हुने सम्भावना  रहेको न्युन चापीय क्षेत्र  तथा बंगालको खाडीबाट  प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सो प्रणालीका कारण देशका धेरै स्थानहरूमा  सामान्य देखी पूर्ण बदली रहि हल्का देखि मध्यम वर्षा र १-२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन सहित हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ।