कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने भएको हो।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। हिजोका लागि पदाधिकारी बैठक बस्ने भनिएता पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित भएको  थियो।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

कोरोना महामारीको कारण यसअघि बोलाइएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।