श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

  • प्रकाशित मिति : May 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक १५ हजार निर्णय भएको हो ।

मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।