माओवादी केन्द्र निकट प्रदेश प्रमुखहरु पदमुक्त

  • प्रकाशित मिति : May 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्र निकट गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुवैलाई पदमुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ।