पहिलेको जस्तै लकडाउन हुन सक्छ : प्र.जि.अ काठमाडौ

  • प्रकाशित मिति : May 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं : उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधाज्ञा जारी गरेका छन् ।बैशाख २३ देखि फेरि एक साताका लागि थप हुने निषेधाज्ञा लाई थप कडाइका गर्ने तयारी छ ।

निषेधाज्ञा भएतापनी उपत्यकामा कोरोना भाइरस संक्रमणको दर भने दैनिक बढिरहेको छ ।विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी नियन्त्रणको प्रयासमा नै असर गर्नसक्ने कतिपयको चिन्ता छ ।

यसैक्रममा एक मिडिया सङ्को अन्तरबार्तामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘अझै निषेधाज्ञाको पालना नहुने र संक्रमणको अवस्था बढ्दै जाने हो भने गत वर्ष जस्तै पूरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ।’ नागरिक आफैं सचेत नभएसम्म महामारी नियन्त्रणको सरकारी प्रयास सफल नहुने उनको बुझाइ छ ।