झापामा आगलागी,क्षतिको बिस्तृत विवरण आउन बाकी

  • प्रकाशित मिति : May 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं : झापाको एक बायोग्यास कारखानामा आगलागी भएको छ । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको हो ।

कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल आइपुगेको छ ।आगलागी कसरी भयो भन्ने जानकारी आउन सकेको छैन ।आगलागीबाट कति क्षति भयो भन्नेबारे तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।