झापा : झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ। दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले एक साता अर्थात् वैशाख २६ गते आइतबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा उल्लंघन र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।