हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ हस्तीचौर घर भई वडा नम्बर–१ छिनुवामा होटल सञ्चालन गर्ने २३ वर्षीय मोतीबहादुर कुँवर गत भदौ २२ गते बिहान होटलमै रगताम्य अवस्थामा फेला परेका थिए । उनलाई उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएको थियो ।