काठमाडौं : शंकर पोखरेललाई पुन:लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिनु असंवैधानिक कदम भन्दै विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन्।
अल्पमतमा परिसकेका पोखरेललाई पुनस् नियुक्त गरिनुहुदैन भन्दै विपक्षी गठबन्धनले आवाज उठाएका छन। माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर सरकारको नेतृत्वमा दाबी गर्दै पोखरेलको सपथग्रहण रोक्नसमेत माग गरेका छन्।
प्रदेश प्रमुखलाई भेटेर पोखरेललले आफ्नो पक्षमा रहेका भनेकामध्ये विमला वलीले माओवादी केन्द्र रोजेको, एकजनाले राजीनामा दिएका र दुईजनाले आफूहरुको पक्षमा हस्ताक्षर गरेकाले आफूहरुको पक्षमा स्पष्ट बहुमत पुगेको दाबी विपक्षी गठबन्धनले गरेको छ।