शंकर पोखरेल मुख्यमन्त्रीको लागि पुन:शपथ लिदै

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

आज बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए। मुख्यमन्त्री पोखरेलले  आज बिहान मात्रै राजीनामा दिएका थिए।

पोखरेलले सम्भवतः आइतबार नै मुख्यमन्त्रीको शपथ लिनेछन्। बैठकमा माधवकुमार नेपाल समूहका दुई जना सांसद पनि सहभागी थिए।  मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो।