निषेधाज्ञा हुने जिल्ला २२ पुग्यो : भोलिबाट पर्वतको कुश्मामा लकडाउन

  • प्रकाशित मिति : May 1, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नया लक्षण सहितको कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरुसँगै तीव्र रुपमा संक्रमित संख्या बढ्न थालेपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाउनेक्रम जारि छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बैशाख १६ बाट १३ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएएता कोरोनाको बड्दो जोखिम संगै निषेधाज्ञा गर्ने जिल्लाको संख्या थपिदै छ।

सरकारले संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिएसङै शुक्रबार बिहानसम्म मुलुकका ७७ जिल्लामध्ये २० जिल्ला पूर्णरुपमा बन्द छन् भने थप २ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ । गुल्मीमा शनिबार राती १२ बजे बाट एकसाताका लागि निषेधाज्ञा सुरु हुने भएको छ ।

यता पर्वतमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढिरहेको बेलामा पनि बजारमा चहलपहल नियन्त्रणमा नआएपछि पर्वत सदरमुकाम कुस्मा बजारमा शनिबार रातिदेखि एक हप्ता लक डाउन गरिने भएको छ।

नयाँ भेरियन्टसहित आएको दोस्रो लहरका सङ्क्रमणका कारण सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकामा उच्च जोखिम भएको तथा सङ्क्रमणको दर पनि बढ्दै गएपछि शनिबार राति १२ बजेदेखि लागू हुने गरी वैशाख २५ गतेसम्म एक साताका लागि लकडाउनको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।