गुल्मिमा आजबाट एक हप्ताका निषेधाज्ञा

  • प्रकाशित मिति : May 1, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नया लक्षण सहितको कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरुसँगै तीव्र रुपमा संक्रमित संख्या बढ्न थालेपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाउनेक्रम जारि छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बैशाख १६ बाट १३ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएएता कोरोनाको बड्दो जोखिम संगै निषेधाज्ञा गर्ने जिल्लाको संख्या थपिदै छ।

सरकारले संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिएसङै शुक्रबार बिहानसम्म मुलुकका ७७ जिल्लामध्ये १६ जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ४ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ । दाङमा शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भैसकेको छ भने पाल्पा र सुनसरीमा राति १२ बजेबाट तथा जाजरकोटमा शनिबार राति तथा सल्यानमा आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा सुरु हुने भएको छ ।

यसैक्रममा कोरोनाको बड्दो जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मी ले पनि आज(बैशाख १८) गत शनिबार राती १२ बजे बाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ। गुल्मी प्रशासनले सूचना जारी गरि बैशाख २५ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा जारी गरेको छ। यसैक्रममा प्रशासनले निषेधाज्ञाको समयमा पालना गर्नुपर्ने नियमहरु पनि जारी गरेको छ।